चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 878 of 1156
  • 2026-11-23
  • 23:24:01
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान

चितवन-  चितवन–२ को उपनिर्वाचनमा आज (आइतबार) बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन् । भरतपुर–२९ जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट उनले मतदान गरेको मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिएका छन् । मतदानको सुरूवात नै उनीबाट गराएको आचार्यले बताएका छन् । चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।

News by चितवन–२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान :