चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 642 of 1156
  • 2026-11-23
  • 20:19:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चैतन्य राशिफलः मिथुनलाई सहयोग अन्यलाई कस्तो ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट धनलाभ हुने देखिन्छ । वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ । मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ । सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णायक क्षमतामा कमी आउनेछ । मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।