चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 891 of 1152
  • 2026-11-22
  • 11:48:14
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसचिवको नतिजा सार्वजनिक

काठमाडौं- लोकसेवा आयोगले लिखित परीक्षको नतिजा सार्वजनिक गरेको छ। आयोगले आन्तरिक प्रतियोगितातर्फ भएको उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन गरेको हो। जसमध्य उत्तीर्ण हुनेहरूमा अर्जुन शर्मा, आरती न्यौपाने, किरणचन्द्र सुवेदी, केशव सुवेदी, खडानन्द खत्री, गीता घिमिरे, चिरञ्जीवी भण्डारी, जुनु हमाल ढकाल, दीवाकर भुजेल, देवेन्द्र सापकोटा रहेका छन्। त्यसैगरी, नरेशकुमार यादव, निमेष मिश्र, मदन मगराती, मित्रप्रसाद घिमिरे, राजु खनाल, राममणि अधिकारी, विजयकुमार शर्मा, सरस्वती जोशी र सुषमा महत केसी, सूर्यप्रसाद चापागाइँ, हरिबहादुर भुजेल र हिमाल गौतम पनि उत्तीर्ण भएका छन्। आयोगले उत्तीर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्ताका लागि बोलाएको छ।