चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 827 of 1153
  • 2026-11-22
  • 16:48:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सजाय छुटसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुँवरको असन्तुष्टि

काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका, २०८० प्रति असन्तुष्टि जनाएका छन् । आइतबार महान्यायाधिवक्ता कार्यालयले काठमाडौंमा गरेको कार्यक्रममा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पीडकको मागदाबीलाई धेरै स्थान दिँदा अनुसन्धान गर्ने निकाय र पीडित पक्ष झनै अन्यायमा पर्ने बताए । उक्त निर्देशिकाको ७, ८, ९, १०, ११, १२ र १३ मा भएको व्यवस्थाले पीडित झनै पीडित हुने अवस्था आउने उनले उल्लेख गरे । उनले कानुनबमोजिम सजाय पाई कैद भुक्तान गरिसकेको पटके अपराधीलाई पनि यो सुविधा दिन सकिने व्यवस्थाले चुनौती थपिन सक्ने बताए । उक्त निर्देशिका उचित हो÷होइन भन्ने बारेमा बहस हुन जरुरी रहेको उनको भनाइ छ । कसुरदारलाई सजाय छुटको दाबी लिएमा पीडितलगायत सोप्रति असहमत हुने पक्षले अरू निकायमा उजुरी समेत गरेमा अनुसन्धान अधिकृत विवादमा तानिन सक्ने अवस्था आउन सक्ने बताए ।

News by सजाय छुटसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुँवरको असन्तुष्टि :