चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 815 of 1153
  • 2026-11-22
  • 17:42:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रवि लामिछानेको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ । लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो । रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ । गत वैशाख २५ गते नै उक्त रिट सर्वोच्च अदालतमा लगिएकोमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर, यही जेठ २ गते सोही रिट दर्ता गर्न आदेश भएको थियो ।