चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 806 of 1153
  • 2026-11-22
  • 18:26:42
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नाबालिका दिदीबहिनीमाथि पाँच जनाको गिद्दे नजर

काठमाडौं- प्रहरीले दुई नाबालिका दिदीबहिनीलाई करणी गर्न खोजेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। राप्ती गाउँपालिका–३ मसुरियाका १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक करणीको प्रयास गरेको भन्दै गढवा गाउँपालिका–६ का दुई जना १६–१६ वर्षीय नाबालकसहित १८ वर्षीय दिलशान अहमद, गढवा–५ का २० वर्षीय सुहेल खान, कपिलवस्तुको शिवराज नगरपालिका–११ मैतहवाका २० वर्षीय जाविद खान पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार नाबालिकाहरू गढवा–६ बुद्ध चोकस्थित साथीको घर गएका थिए। त्यही क्रममा उनीहरू नाबालिकाका पछाडि लागेका थिए। राति दुवै नाबालिकालाई उनीहरूले मोटरसाइकलमा लमही–५ स्थित रातोडाँडा ल्याएका एक नाबालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए। पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान थालेको छ। उनीहरूविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

News by नाबालिका दिदीबहिनीमाथि पाँच जनाको गिद्दे नजर :