चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 796 of 1153
  • 2026-11-22
  • 19:06:15
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बग्यो

पाँचथर : अविरल वर्षासँगै हेवा खोलामा आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए । त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

News by पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बग्यो :