चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1055 of 1165
  • 2026-11-29
  • 08:52:56
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्री बन्न रामचन्द्र पौडेलको दौडधुप

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । सोहि क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको छ। उनीहरुबीच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो। पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए। जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए। यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।