चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 935 of 1166
  • 2026-11-29
  • 10:33:02
  • आइतबार,मंसिर १४, २०८३

About Author

सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं– संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ । निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएको छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ। सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझन विवरणबारे जानकारी लिन खोजिएको स्रोतले बताएको छ। विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

News by सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन :