चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 885 of 1166
  • 2026-11-29
  • 15:13:06
  • आइतबार,मंसिर १४, २०८३

About Author

२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा

काठमाडौं - मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ। वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे। राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए। भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। सो भूकम्पबाट ओखलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन्। तर, राज्यले भूकम्पपीडितकाे बासस्थानलाई खर्च गरेकाे बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुकाे अवस्था दयनीय छ।

News by २०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा :