चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 313 of 1156
  • 2026-11-24
  • 01:49:49
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रधानमन्त्री शाहले गरे राष्ट्रिय प्राथमिकता र बजेट समन्वयमा केन्द्रित उच्चस्तरीय छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अर्थ मन्त्रालयसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग समन्वयात्मक छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारका प्राथमिकता निर्धारण, सम्बन्धित निकायहरूको भूमिकागत जिम्मेवारी, चालु तथा आगामी कार्यक्रम र बजेट व्यवस्थापनका विषयमा विचार विनिमय भएको जनाइएको छ। यससँगै, सम्बन्धित संस्थाहरूले कार्यान्वयनका क्रममा सामना गरिरहेका संरचनात्मक तथा प्रशासनिक चुनौतीहरूको समीक्षा गर्दै सुधारका लागि आवश्यक नीतिगत सुझावहरू संकलन गर्ने उद्देश्य पनि बैठकमा समावेश गरिएको छ।

News by प्रधानमन्त्री शाहले गरे राष्ट्रिय प्राथमिकता र बजेट समन्वयमा केन्द्रित उच्चस्तरीय छलफल :