चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 879 of 1153
  • 2026-11-22
  • 19:42:34
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग

काठमाडाैं । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ । सञ्जालले आज यहाँ पत्रकार सम्मेलन गरी सञ्जालले देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरतातर्फ धकेलिएको भन्दै ऐन जारी गर्न माग गरेको हो । सञ्जालले हालै सरकारले सरोकारवाला पक्षहरुसँग छलफल नै नगरी सङ्घीय निजामती सेवा ऐनको विधेयक सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको भन्दै ध्यानाकर्षणसमेत गराएको छ । सञ्जालले भनेको छ, “निजामती प्रशासनलाई सङ्घीय शासनअनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्नेगरी जतिसक्दो चाँडो ऐन जारी गर्न अनुरोध गर्दछौँ ।”

News by सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग :