चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 867 of 1153
  • 2026-11-22
  • 20:31:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संस्कारसहितको व्यवहारिक शिक्षाको संगम बन्दै चैतन्य पाठशाला

धनगढी- धनगढी-५ शिवनगरस्थित चैतन्य पाठशालाको आगनी। रमाइलो शुक्रबार। विद्यार्थीहरूमाझ उद्यमशीलता र स्वरोजगार विषयक अन्तरक्रिया। शुक्रबार आयोजित एक समारोहमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् युवा उद्यमी पुष्करराज ओझाले उद्यमशीलता र स्वरोजगारका विषयमा विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए। 'शिक्षामात्र होइन, अहिले व्यवहारिक शिक्षाको खाँचो छ। व्यवहारिक शिक्षामात्र होइन, संस्कारसहितको शिक्षाको पनि उत्तिकै आवश्यकता छ। धनगढीमा स्थापना भएर उक्त शिक्षा चैतन्य पाठशालाले प्रदान गरिरहेको छ', ओझाले भने। यसका साथै ओझाले अहिले विद्यार्थीलाई स्कुल जीवनबाट नै उद्यमशीलता तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले बेला-बेला विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट प्रशिक्षण गराउनु आफैँमा निकै सकरात्मक प्रयास भएको बताए। 'तपाईंहरू अहिले विद्यार्थी जीवनमा हुनुहुन्छ। अहिले देखिनै कसैको कर र दवावबीना भविश्यको रुची अनुसारको क्षेत्रमा तल्लीन हुँदै जानुहोला', उनले भने। यस्तै पाठशालाका निर्देशक गणेश जोशीले कितावी ज्ञानका साथै अतिरिक्त र व्यवहारिक ज्ञान प्रदान गर्न आफूहरूले विभिन्न क्रियाकलाप गर्दै आएको बताए। विद्यार्थीहरूको चौतर्फि विकास र संस्कारसहितको शिक्षा नै आफूहरूको चाहना भएको उनले बताए। कार्यक्रममा ओझालाई सम्मानित समेत गरिएको थियो।

News by संस्कारसहितको व्यवहारिक शिक्षाको संगम बन्दै चैतन्य पाठशाला :