चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 810 of 1153
  • 2026-11-23
  • 00:39:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

देशभर गर्मी बढ्दो, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ - नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

News by देशभर गर्मी बढ्दो, पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना :