चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 192 of 1152
  • 2026-11-22
  • 11:57:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै, के छ कार्यसूची ?

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे बैठक बस्नेछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ। यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए। यही असार १ गते आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो। यहाँ सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्ता साझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन।

News by आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै, के छ कार्यसूची ? :