चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 275 of 1160
  • 2026-11-25
  • 23:55:13
  • बुधबार,मंसिर १०, २०८३

About Author

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा १० जनाको आवेदन, को–कोले दिए ?

काठमाडौँ– चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक गरेको विवरणअनुसार निर्धारित समय सीमाभित्र उक्त संख्यामा आवेदन परेको हो। आवेदन दिनेहरूमा यसअघि आयोगको उपाध्यक्षका रूपमा चार वर्ष कार्यसम्पादन गरिसकेका प्रा. डा.श्रीकृष्ण गिरी पनि रहेका छन्। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा। रोशन पोखरेलले समेत उम्मेदवारी दिएका छन्। त्यसैगरी प्रा. डा.गेहनाथ बराल, प्रा. डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, प्रा.डा.देवेन्द्रबहादुर खत्री, सहप्राध्यापक डा. प्रमोदकुमार यादव, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य तथा प्रा. डा. शैलेश प्रधानले पनि आवेदन दर्ता गराएका छन्। सिफारिस समितिले आवेदकहरूलाई कार्ययोजनासहितको सोचपत्र प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन समय निर्धारण गरेको छ। समितिअनुसार २६ जेठमा प्रस्तुतीकरण र २७ जेठमा अन्तर्वार्ता सञ्चालन गरिनेछ। यसअघि गत १९ वैशाखमा जारी अध्यादेशमार्फत १२ चैतअघि भएका नियुक्तिहरू खारेज गर्ने व्यवस्था लागू भएपछि तत्कालीन उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाको पदावधि समाप्त भएको थियो। त्यसपछि प्रा.डा. श्रीकृष्ण गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी सोमबार नियुक्त गरिएको थियो। उनले मंगलबारदेखि नै कार्यालयको कार्यभार सम्हाल्न थालेका छन्।

News by चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा १० जनाको आवेदन, को–कोले दिए ? :