चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 849 of 1153
  • 2026-11-23
  • 02:42:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्य बढेर १ लाख ११ हजार २ सय पुग्यो

काठमाडौं- मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ। तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्‍लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।