चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 815 of 1153
  • 2026-11-23
  • 05:20:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु

दार्चुला- दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं ३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शिक्षक कार्की अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए। आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।