चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 324 of 1153
  • 2026-11-23
  • 04:05:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उपसभामुखको निर्वाचन आज हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धामा

काठमाडौँ– उपसभामुखको निर्वाचन आज हुँदैछ। आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो। रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी तथा अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्। यस्तै, सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि र भरत गिरी समर्थकको रूपमा रहेका छन्।

News by उपसभामुखको निर्वाचन आज हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धामा :