श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई नै - Chaitanya News
  • 2026-04-19
  • 04:55:01
  • शनिबार,बैशाख ०५, २०८३
  • श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई नै

    श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई नै

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफैँ सम्हाल्ने भएका छन्।

    मन्त्री दीपक कुमार साहलाई पदमुक्त गरेपछि उक्त मन्त्रालय प्रधानमन्त्रीको प्रत्यक्ष कार्यक्षेत्रमा आएको हो। यसअघि पनि प्रधानमन्त्री शाहले रक्षा तथा उद्योगसम्बन्धी मन्त्रालयहरूको जिम्मेवारी स्वयं वहन गर्दै आएका छन्।

    मन्त्री साहलाई पदमुक्त गर्ने निर्णय पार्टी सभापति रवि लामिछानेको निर्देशनपछि भएको जनाइएको छ। पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाउन निर्देशन दिइएको थियो।