उपसभामुखको निर्वाचन आज हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धामा - Chaitanya News
  • 2026-04-12
  • 01:53:37
  • शनिबार,चैत्र २८, २०८२
  • उपसभामुखको निर्वाचन आज हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धामा

    उपसभामुखको निर्वाचन आज हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धामा

    काठमाडौँ– उपसभामुखको निर्वाचन आज हुँदैछ। आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ।

    उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

    उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो।

    रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी तथा अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्।

    यस्तै, सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि र भरत गिरी समर्थकको रूपमा रहेका छन्।