चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 320 of 1153
  • 2026-11-23
  • 03:50:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पार्टीको क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सदस्यता सम्बन्धी उठेका जिज्ञासाको जवाफ दिएका हुन्। ‘नेपाली काँग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दै छु,’ उनले भनेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दै छौँ।’ उनका अनुसार अद्यावधिक प्रक्रियामार्फत क्रियाशील सदस्यतालाई व्यवस्थित बनाउँदै पार्टी संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। समर्पित सदस्यहरूको नवीकरणले संगठनलाई जिम्मेवार र सक्रिय बनाउने अपेक्षा गरिएको छ। महामन्त्री पौडेलले विगतमा देखिएका त्रुटि सुधार गर्न यसपटक प्राविधिक पक्षमा ध्यान दिइएको बताएका छन्। ‘विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदै छौँ,’ उनले भनेका छन्, ‘विद्यमान परिष्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ।’ यसैबीच, उनले मंगलबारदेखि सबै क्रियाशील सदस्यलाई सदस्यता अद्यावधिक गर्न तथा पार्टीप्रति आस्था राख्ने नयाँ व्यक्तिहरूलाई क्रियाशील सदस्यता लिन आग्रह गरेका छन्।

News by पार्टीको क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण :