चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 868 of 1154
  • 2026-11-23
  • 13:15:27
  • सोमबार,मंसिर ०८, २०८३

About Author

एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल र कुवेत भिड्दै

काठमाडौं-  राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज (शनिबार) नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै नेपालले समूह ‘बी’ को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एक मात्र अपराजित टोली रहेको छ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह ‘बी’ को विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिने छ ।

News by एसीसी प्रिमियर कपको सेमिफाइनल आज : नेपाल र कुवेत भिड्दै :