चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 806 of 1156
  • 2026-11-23
  • 18:56:26
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बिहान ११ बजे बोलाइएको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहने सम्भावित कार्यसूची छ। सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। त्यस्तै सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची छ। आजै अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नेछन्। राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा छ। अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्। प्रतिनिधि सभा बैठकमा अघिल्लो सोमबारदेखि बजेटमाथि छलफल चलिरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटले अहिलेको संकटको समाधान गर्न नसकेको भन्दै सच्याउन माग गरेको छ।

News by प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने :