चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 488 of 1156
  • 2026-11-23
  • 22:45:18
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउँछ : कार्यवाहक सभापति खड्का

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पू्र्णबहादुर खड्काले पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउने बताएका छन् । आज बस्ने कार्यसम्पादन समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले पत्रकारहरूलाई जवाफ दिनेक्रममा निर्णय हुने प्रतिक्रिया दिएका हुन्। कांग्रेसभित्रको जटिलताको समाधान के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘निर्णय आउँछ।’ कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन के भन्ने विषयमा विवाद चर्किएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जोड दिँदै आएका छन् भने संस्थापन समूह फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छ। विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डप भाडामा लिइसकेका छन्।  

News by पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउँछ : कार्यवाहक सभापति खड्का :