चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 136 of 1152
  • 2026-11-22
  • 12:21:34
  • आइतबार,मंसिर ०७, २०८३

About Author

अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरा पालक संघले आज (मंगलबार) देखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएका छन्। अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका हुन्। संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु. ५६०, ठूलो अण्डा रु. ५४५, मिडियम रु. ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ। माग बढेसँगै अण्डाको मूल्य बढेको हो। फार्महरूले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए। अण्डाको लागत मूल्य प्रतिगोटा रु. १९.१२ पर्न आउँछ। यसलाई हिसाब गर्दा प्रतिक्रेट रु.५७३.६ हुन आउँछ। बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको छ। लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन्। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्। पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरूले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताए।

News by अण्डाको माग बढेपछि समर्थन मूल्य वृद्धि :