चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1040 of 1153
  • 2026-11-22
  • 22:09:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

। अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको हो । अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।  

News by विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा :