लोकसेवा उपयोगी सामग्री [३६] - Chaitanya News
  • 2026-06-13
  • 15:11:10
  • शनिबार,जेठ ३०, २०८३
  • प्रश्नः  नेपालमा विकासलाई वातावरणसँग तालमेल नगरिएकोले विविध समस्याहरू उत्पन्न भएका छन्, भनिन्छ। ती समस्याहरू उत्पन्न हुन नदिन तथा उत्पन्न भए समाधान गरी विकासलाई वातावरणसँग सन्तुलित बनाइराख्न के कस्ता उपायहरू अपनाउन पर्लारु आफ्नो तर्क पेश गर्नुहोस् । १०

    उत्तरः
                                                    विकास र वातावरणको तालमेल
    हरेक किसिमका विकासात्मक गतिविधि सञ्चालन गरी सोको कार्यान्वयन,अनुगमन, मूल्यांकन एवं लाभको हिस्सा वितरणसम्मका हरेक चरणमा वातावरणीय पक्षलाई ख्याल गरी सोही बमोजिम कार्यक्रम सञ्चालन गर्नु नै विकास र वातावरणसँगको तालमेलसँग सम्बन्धित छ।

    विकास र वातावरणबिच तालमेल नहुँदा उत्पन्न हुने समस्याहरू
    नेपालमा विकासलाई वातावरण अनुकूल सञ्चालन नगरिंदा कैयौ समस्या देखिएका छन्, जो निम्नानुसार रहेका छन्ः

    • वातावरण माथि अतिक्रमण हुँदै जाँदा प्राकृतिक, स्रोत, साधन, असन्तुलितहुन पुगेको,
    • पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको,
    •  विकासको लागत बढ्दै गएको तथा गुणस्तर खस्कँदो रहेको,
    •  हरितगृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदै गएको,
    •  जैविक विविधतामा ह्रास आउनुका साथै वनजङ्गलको विनास हुँदै गएको,
    •  दुर्लभ वन्यजन्तु एवं पशुपक्षीको वासस्थान नास हुँदै गएको,
    •  प्राकृतिक सुन्दरता खस्किएको तथा तालतलैया पुरिदै गएका,
    •  विकास दिगो हुन नसक्नुका साथै विकासले स्थायी स्वरूप ग्रहण गर्न नसकेको,
    •  वातावरण असन्तुलित भई अतिवृष्टि, अनावृष्टि तथा खडेरीको सम्भावनाबढेको,
    •  पानीका मुहान सुक्दै जानुका साथै पानीमा बस्ने जलचरको विनास भएको ।

    विकासलाई वातावरण सन्तुलित बनाइराख्न अवलम्बन गर्नुपर्ने उपायहरूः
    वातावरण र विकासलाई सन्तुलित बनाएर विकास गतिविधि संचालन गरेको खण्डमा मात्रै दिगो विकासको अवधारणालाई सार्थकता दिन सकिन्छ, विकासलाई वातावरण सन्तुलित बनाइराख्न अवलम्बन गर्नुपर्ने उपायहरू देहायबमोजिम रहेका छन्स्

    •  वातावरण सम्बन्धी राष्ट्रिय कानुन तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सन्धिहरूको कडाइका साथ पालना गर्ने,
    •  विकासका क्रियाकलापहरू सञ्चालन गर्दा वातावरणका हिसाबले अनुकूलन हुने गरी सञ्चालनमा ल्याउने,
    • हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउने,
    • विकास कार्यक्रममा वातावरण व्यवस्थापनलाई आन्तरिकीकरण गरी विकास कार्यक्रमको अभिन्न अङ्गको रूपमा सञ्चालन गर्ने,
    • वातावरणमैत्री योजना खाका अनुरूप योजना तर्जुमा तथा कार्यान्वयन गर्ने,
    •  वातावरणमैत्री हुने खालका पूर्वाधार विकासमा जोड दिने,
    •  वातावरण प्रभाव मूल्यांकन तथा परीक्षण कार्यक्रमलाई कडाइका साथ लागु गर्ने तथा सो सम्बन्धी अनुगमन, मूल्यांकनलाई सुदृढ पार्ने,
    • विकासात्मक गतिविधिबाट प्राप्त लाभको निश्चित प्रतिशत वातावरण संरक्षणमा लगाउने नीति तय गर्ने,
    • सबै जनताहरूमा वातावरणीय पक्षहरूका सम्बन्धमा चेतना जागरण हुने खालका कार्यहरू गरिनुपर्ने,
    •  रासायनिक हातहतियारको उत्पादन र ओसारपसारमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने,
    • वातावरणीय सन्तुलन कायम गर्दै विकास निर्माण गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायहरूसँग समेत सहकार्य गर्ने ।

     

    निष्कर्षः
    नेपालमा वातावरणीय पक्षलाई ख्याल नगरी विकासात्मक गतिविधिहरू सञ्चालनमा आइरहेका भएपनि विभिन्न नीतिगत, कानुनी दस्तावेजमा विकासलाई वातावरण सापेक्ष तुल्याउनुपर्ने कुरा उल्लेख गरिएको छ । माथि उल्लेखित उपायहरू अवलम्बन गर्दै विकास कार्यक्रमहरू सञ्चालन गरिएमा विकास र वातावरणबिच
    तादम्यता कायम हुने तथा विकास दिगो हुने देखिन्छ ।

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100