चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1026 of 1153
  • 2026-11-22
  • 23:42:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं -  नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न केन्द्रीय कार्यालय सानेपामा बस्ने तालिका छ । केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन् । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने नेताहरूले बताएका छन् । आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने बताइएको छ । यसअघि शनिवार दिउँसो सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरूसँग भेट गरेका थिए । संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह लगायत आकांक्षी रहेका छन् ।

News by कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै :