चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 272 of 1158
  • 2026-11-25
  • 04:08:17
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

एआई आधारित आर्थिक रूपान्तरणमा जोड, १५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने घोषणा

काठमाडौँ– सरकारले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित अर्थतन्त्र निर्माण तथा उच्च मूल्यका डिजिटल रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रलाई उच्च मूल्यका एआई तथा कम्प्युटिङ सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए। नेपालमा उपलब्ध सूचना प्रविधि जनशक्तिको क्षमता कृत्रिम बुद्धिमत्ता प्रविधिको विकासमा उपयोग गर्दै सीपयुक्त रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विस्तार तथा एआईमा आधारित आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ। यसैक्रममा, आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरिने घोषणा गरिएको छ। उनीहरूलाई नेपाल फर्केर अनुसन्धान, नवप्रवर्तन तथा जनशक्ति विकासमा योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख छ। सरकारले एआई, डिजिटल प्रविधि तथा ज्ञानमा आधारित उद्योगको विकासमार्फत प्रतिस्पर्धी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारेको जनाएको छ।

News by एआई आधारित आर्थिक रूपान्तरणमा जोड, १५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने घोषणा :