चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 875 of 1160
  • 2026-11-26
  • 00:24:13
  • बुधबार,मंसिर १०, २०८३

About Author

नवउद्यमीलाई हतोत्साहित नगरभन्दै महावीर पुन धर्नामा [तस्बिरहरू]

काठमाडौं- नवउद्यमीहरूलाई उद्यम सुरु गर्न चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने मागसहित धर्ना सुरु गरिएको छ। राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु भएको हो। शुक्रवार माइतीघरस्थित बानेश्वर जाने सर्भिसलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ। अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने कामका लागि ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने उनीहरुको माग छ। ‘माग पूरा नभएसम्म हामीहरू निरन्तर रातभर पनि धर्ना बस्ने छौँ,’ पुनले भनेका छन्। धर्नामा सहभागीहरुले ‘नवउद्यमीहरुलाई हतोत्साह नगर’, ‘स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउ’, ‘कुल बजेटको २ प्रतिशत वैज्ञानिक अनुसन्धानमा खर्च गर’ लगायतका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। त्यस्तै, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ सिर्जना गर्ने र कोषबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताइएको छ। यी लगायत ४ बुँदे माग राखेर उनीहरुले धर्ना सुरु गरेका हुन्।  

News by नवउद्यमीलाई हतोत्साहित नगरभन्दै महावीर पुन धर्नामा [तस्बिरहरू] :