चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1059 of 1108
  • 2026-10-08
  • 11:12:16
  • बिहिबार,आश्विन २२, २०८३

About Author

सुशासनको प्रभाव हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्छ : डा. बिमल कोइराला

धुलीखेल- नेपाल सरकारका पूर्व  मुख्य सचिव डा. विमल कोइरालाले शासक र कर्मचारीहरूले नै मुलुकको अनुहार फेर्नसक्ने बताए। चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन र समृद्धि विषयक अन्तरक्रियामा बोल्दा डा. कोइरालाले सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए। 'समस्याहरूको पहिचान गर्ने मात्र होइन, समाधानमा पनि ध्यान दिनुपर्छ। हामीले समस्याको समाधान गरेर मात्रै समृद्धि कायम गर्न सक्छौँ,’ उनले भने। सुशासनका लागि शासकहरूले जनतासँग साझेदारी गर्दै अघि बढ्नुपर्ने उनले बताए। डा. कोइरालाले नेपालमा राजनीतिक नेतृत्व भएपनि परिवर्तनको नेतृत्व नभएको बताए। 'हामीले राजनीतिक नेतृत्व पायौँ तर परिवर्तनको नेतृत्व पाएनौं, त्यसैले गर्दा समृद्धिमा समस्या भैरहेको छ,' उनी भन्छन्। उनले हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्ने बताएका हुन्। असल साशन भनेको विद्यार्थीले विद्यालय गएकै दिन पाठ्यपुस्तक पाउनु, नागरिकले आफ्नो कुरा ढुक्कसँग राख्न पाउनु, किसानले समयमै मल बिउ पाउनु भएको उनी बताउँछन्। डा. कोइरालाले शासन नभई सेवा गर्ने प्रवृत्तिको विकाश हुनुपर्ने तर्क गरे। उनले शासन होइन सेवाभावले देशको मुहार फेर्न सकिने बताए। फरक प्रसंगमा कोइरालाले नेताहरूले मुलुकलाई कानुनसम्मत विकाशको बाटोमा लैजाने हो र कर्मचारीले सरकारका नीति निर्देशनलाई अगाडी बढाउनेहो भने समृद्धि धेरै टाढा नभएको समेत बताए।

News by सुशासनको प्रभाव हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्छ : डा. बिमल कोइराला :