चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1043 of 1111
  • 2026-10-11
  • 21:36:20
  • आइतबार,आश्विन २५, २०८३

About Author

एमालेसँग सहमतिबारे मैले अहिल्यै नै केही भन्न सक्दिनँ : उपेन्द्र यादव

काठमाडौं– बिहीबारदेखि नेकपा एमालेसँग चुनावी गठबन्धनबारे छलफल गरिरहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहमति हुने टुंगो नभएको बताएका छन्। शुक्रबार बिहान यादवले कुराकानीमात्र चलिरहेको बताएका हुन्। कुराकानी हुँदैछ सहमतिबारे मैले अहिल्यै केही भन्न सक्दिँन, उनले भने। यादव बिहीबार गठबन्धनको बैठकमा केही समय मात्र सहभागी भएर एमालेसँग कुराकानी गर्न हिँडेका थिए। यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन। जसपाका नेताहरू भने जसले धेरै सिट दिन्छ त्यतै सहमति हुने बताइ रहेका छन्। एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताए। ‘हामी आजको बैठकमा बालुवाटार जान्छौं। सत्ता गठबन्धनले कस्तो प्रस्ताव गर्छ भन्ने हो। हामी तालमेलका लागि सबैसँग खुला छौं,’ उनले भने, ‘एमालेसँग पनि हामी सहमतिको नजिक छौं। तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो।’ यता सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा सदस्य रहेका रकम चेम्जोङले अहिले दिने भनिएको सिटमा ६ सिट थप्नुपर्ने बताएका छन्। जसपाले आफूहरूलाई १८ देखि २० सिटसम्म चाहिने माग गरेको छ। ‘तालमेल गर्ने कुरा हो। तालमेल भनेको गठबन्धन होइन। हामी सिट तालमेलमा छौं। जहाँ हामीलाई बढी फाइदा हुन्छ उसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा संख्या हो। त्यसमा अप्ठ्यारो मान्नुपर्ने कुरै छैन। जसले सिट धेरै दिन्छ उसैसँग गर्ने हो। जोसँग तालमेल गर्दा लाभ हुन्छ उसैसँग गर्ने हो।’

News by एमालेसँग सहमतिबारे मैले अहिल्यै नै केही भन्न सक्दिनँ : उपेन्द्र यादव :