चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 222 of 1158
  • 2026-11-25
  • 06:19:21
  • बुधबार,मंसिर १०, २०८३

About Author

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय सयभन्दा बढीले गराए उम्मेदवारी दर्ता

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ। आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ।” निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन्।

News by रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय सयभन्दा बढीले गराए उम्मेदवारी दर्ता :