चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1072 of 1105
  • 2026-10-07
  • 12:58:18
  • बुधबार,आश्विन २१, २०८३

About Author

सर्लाही क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने : सांसद सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद अमरेशकुमार सिंहले आफू सर्लाही क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन्। सर्लाही ४ कांग्रेस क्षेत्रीय समितिले आगामी मंसिर ४ का लागि प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिंहको नाम सिफारिस गरेको छैन। सर्लाही ४ ले महामन्त्री गगन थापाको एकल नाम उम्मेदवारमा सिफारिस गरेको छ। जबकी थापा काठमाडौं ४ बाट निर्वाचन लड्ने बताइसकेका छन्। महामन्त्री थापाको नाम सर्लाही ४ बाट उम्मेदवार सिफारिस भए पनि आफू नै उम्मेदवार हुने सिंह दाबी गर्छन्। महामन्त्रीको नाम सिफारिस भएको छ। महामन्त्री त काठमाडौं ४ मा लड्नुहुन्छ। म २०७४ मा पनि त्यही क्षेत्रबाट निर्वाचित हुँ। म फेरि चुनाव सर्लाही ४ बाटै उठ्ने हो,’ उनले भने। उम्मेदवार हुन क्षेत्रमा अमरेशकुमारले आवेदन दिएका थिएनन्। आवेदन माग गर्ने बैठकबारे पनि आफूलाई जानकारी नभएको उनले बताए। सर्लाहीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच गुटको विवाद छ। अमरेशकुमार कोइरालानिकट छन्। ‘महामन्त्री गगनको नाम सिफारिस हुनु भनेकै त्यो क्षेत्रमा मेरा लागि ठाउँ खाली गर्नु हो,’ उनले भने, ‘किनभने हामी त कोइराला निकट छौं।’

News by सर्लाही क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने : सांसद सिंह :