कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि - Chaitanya News
  • 2026-04-26
  • 17:18:26
  • आइतबार,बैशाख १३, २०८३
  • कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि

    कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि

    काठमडौं  – कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहेका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाएकी छन्।

    उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहेका छन्। क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि छन्। उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरेका छन्।

    क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ। आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गरेका छन्। उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहेका छन्।

    निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन्। कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाएका छन्।