चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 846 of 1152
  • 2026-11-22
  • 12:30:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शरणार्थी प्रकरण: पक्राउ परेका खाण र स्वकीय सचिव केसीलाई पुर्याइयो टेकु

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी परिसर, टेकु पुर्‍याइएको छ। चाबहिलस्थित खाणको निजी निवासबाट बुधबार बिहान पक्राउ गरिएका खाण र केसीलाई काठमाडौँ प्रहरी परिसर पुर्‍याइएकाे हो। यसअघि उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिएको थियो। प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेकाे थियाे। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत १२ जना पक्राउ परिसकेका छन्। टोपबहादुर भने फरार छन्।

News by शरणार्थी प्रकरण: पक्राउ परेका खाण र स्वकीय सचिव केसीलाई पुर्याइयो टेकु :