चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 635 of 1153
  • 2026-11-23
  • 09:09:03
  • सोमबार,मंसिर ०८, २०८३

About Author

संसदको संयुक्त बैठकलाई आज राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने

काठमाडौं- संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ। यसको निम्ति संघीय संसद सचिवालयले तयारी तिब्र पारेको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको र बैठकअघिसम्म सम्पूर्ण व्यवस्थापकिय तयारी पूरा भइसक्ने जानकारी दिनुभयो। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ। बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ। गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रश्ताव पारित गर्ने छ। सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ।

News by संसदको संयुक्त बैठकलाई आज राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने :