चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 970 of 1152
  • 2026-11-22
  • 09:41:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तत्काल वर्षा र हिमपातको सम्भावना छैन

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

News by तत्काल वर्षा र हिमपातको सम्भावना छैन :