चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 932 of 1152
  • 2026-11-22
  • 12:38:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाल आज दोस्रो पटक युएईसँग भिड्दै

काठमाडौं- युएई (दुवई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा आज (सोमबार) नेपालले दोस्रो पटक युएईसँग खेल्दैछ । दुबई इन्टरनेशनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग नेपाली समयअनुसार बिहान ११ः ४५ बजेबाट प्रतिष्पर्धा गर्नेछ । नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो । अंक तालिका अनुसार युएई पाँचौं तथा नेपाल छैटौँ स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिने छ ।