चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 818 of 1153
  • 2026-11-22
  • 21:31:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ऐनविपरीत कर्मचारी भर्ना

राजविराज- राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको पाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले तोकआदेशमा दैनिक ज्यालादारी कर्मचारी भर्ना गरेको पाइएको हो। स्थानीय सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (६) मा ‘स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न सकिने छैन’ उल्लेख गरिए पनि राजविराज नगरपालिकाले ऐनविपरीत नगरपालिका-१ का इन्जिनियर मो. फिरोज अलिलाई अधिकृत छैटौं तहमा भर्ना गरेको पाइएको हो। नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भइसकेका छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले पनि आफूखुसी कर्मचारी भर्ना गरेको पाइएको छ।

News by ऐनविपरीत कर्मचारी भर्ना :