चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 362 of 1153
  • 2026-11-22
  • 14:02:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कुनै पनि दलले पठाएको सूची बिग्रिएको छैन : निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसद पाएका कुनै पनि दलले पठाएको सूची नबिग्रिएको बताएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए। ‘हामीले दलहरूले पठाएका सूची अध्ययन गरिरहेका छौँ। सबै दलले क्लस्टर मिलाएर सूची पठाएका छन्। कसैको बिग्रेको छैन,’ भट्टराईले भने। उनले आफूहरूले सूची रुजु गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरिरहेको जानकारी पनि भट्टराईले दिए। समानुपातिकतर्फ ६ पार्टीले सांसद बनाउन पुग्ने मत ल्याएका थिए। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम सस्कृति पार्टीले ४–४ सिट पाएका छन्।

News by कुनै पनि दलले पठाएको सूची बिग्रिएको छैन : निर्वाचन आयोग :