चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 809 of 1152
  • 2026-11-22
  • 10:34:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।महिला टी–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो। यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो।पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ। आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्।

News by महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल :