चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 688 of 1153
  • 2026-11-22
  • 20:19:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रमुख प्रशासकीय अधिकृत बन्न अधिकृत र उपसचिवसँग निवेदन माग

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका लागि निवेदन माग गरेको छ। रिक्त स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत रूपमा कामकाजमा खटिन इच्छुक र एउटै निकाय वा कार्यालयमा लामो न्यूनतम अवधिभन्दा बढी समयदेखि कार्यरत नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूले आफ्नो अद्यावधिक वैयक्तिक विवरणसहित भाद्र २८ गतेभित्र आफू खटिन चाहेको स्थानीय तहको प्राथमिकतासहित सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखा वा इमेल पठाउन मन्त्रालयले आग्रह गरेको छ। स्थानीय सरकार ऐन ०७४ को दफा ८८(४) अनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले खटाउने व्यवस्था रहेको छ।

News by प्रमुख प्रशासकीय अधिकृत बन्न अधिकृत र उपसचिवसँग निवेदन माग :