चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 619 of 1153
  • 2026-11-23
  • 01:19:33
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दिमाग खराबको प्रिमियरमा नेता, खेलाडीदेखि सेलेव्रिटीसम्म

काठमाडौं । रिलिज पूर्वसन्ध्यामा निश्चल बस्नेत निर्देशित मल्टिस्टारर फिल्म ‘दिमाग खराब’को प्रिमियर गरिएको छ । ललितपुरको क्यूएफएक्स लबिम हलमा आयोजित समारोहमा नेता, सेलिव्रिटीदेखि खेलाडीसम्म सहभागि रहे । उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सांसद ज्ञानेन्द्र शाही, सोबिता गौतम, हरि ढकालसहित कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, अशोक शर्मा, सन्तोष सेन, विनय श्रेष्ठ, भोलाराज सापकोटा, क्रिकेटरहरु पारस खड्का र रोहित पौडेललगायत प्रिमियरमा सहभागि रहे । निर्देशक बस्नेतसहित कलाकारहरु स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने आकर्षणको केन्द्र बने । यो सोसल ड्रामा फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।