धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन हुने - Chaitanya News
  • 2026-11-21
  • 21:21:24
  • शनिबार,मंसिर ०६, २०८३
  • धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन हुने

    धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन हुने

     

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल निमार्णका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन अध्ययन समिति तत्काल गठन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्राधिकरणले तीन सदस्यीय कमिटी गठन गरेको हो ।

    प्राधिकरणले प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।