चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 374 of 1152
  • 2026-11-22
  • 11:49:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘नीति, नेतृत्व र कार्यशैली फेरौँ’: विष्णुप्रसाद पौडेल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनः गठन गर्न अपिल गरे । रुपन्देही क्षेत्र नं.२ मा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु भनेका छन् । उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरेका छन् । “यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्ने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्ने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु”, उनले भनेका छन् ।

News by ‘नीति, नेतृत्व र कार्यशैली फेरौँ’: विष्णुप्रसाद पौडेल :