चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 372 of 1152
  • 2026-11-22
  • 11:33:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्

काठमाडौँ– गत बिहिबार) सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख २४ हजार ५२७ सदर मत गणना भइसकेको छ। प्रत्यक्षतर्फ पहिलो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ। समानुपातिकतर्फ रास्वपाले ५० लाख ३ हजार १६८ मत प्राप्त गरिसकेको छ। समानुपातिकतर्फ चार वटा दलले अहिलेसम्म एक हजार मत कटाउन सकेका छैनन्। निर्वाचन आयोगका अनुसार अहिलेसम्म जनप्रिय लोकतान्त्रिक पार्टीले ८९९ मत प्राप्त गरेको छ। यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०२ र त्रिमुल नेपाल पार्टीले ६५१ मत प्राप्त गरेको छ। समानुपातिकतर्फ ५७ राजनीतिक दल सूचीकृत छन्। तीमध्ये रास्वपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी मतगणनामा थ्रेस होल्ड अर्थात् कम्तीमा ३ प्रतिशत मत कटाएका छन्।  

News by यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन् :