चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1104 of 1106
  • 2026-10-07
  • 14:59:31
  • बुधबार,आश्विन २१, २०८३

About Author

कोरोनाबाट अतिप्रभावित व्यवसायले भुक्तानी गनुपर्ने साँवा व्याज १ बर्ष थप गरिने

कर्जा खबर, काठमाडौं ।

कोरोना भाइरसको महामारीबाट अतिप्रभावितको सूचिमा रहेका होटल, ट्राभल र हवाई सेवामा आबद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने व्यवस्था गरेको छ ।

आर्थिक बर्ष २०७८÷०७९को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारले कोभिड महामारीका कारण अतिप्रभावित क्षेत्रमध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिने बताए ।

त्यसैगरी कोरोनाबाट अतिप्रभावित रेष्टुराँ, पार्टी प्यालेस, यातायात शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

News by कोरोनाबाट अतिप्रभावित व्यवसायले भुक्तानी गनुपर्ने साँवा व्याज १ बर्ष थप गरिने :