चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1106
  • 2026-10-07
  • 14:46:43
  • बुधबार,आश्विन २१, २०८३

About Author

रामेछापमा बाढीले पाँच घर बगायो

रामेछाप– अविरल वर्षापछि आएको बाढीले रामेछापमा पाँच घर बगाएको छ। गोकुलगंगा गाउँपालिका–२ ठोसेको एकाम फेदीमा रहेको नासिङ खोलामा आएको बाढीले ती घर बगाएको बताइएको छ। बाढीले तीन वटा पक्की घर र अन्य दुई वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ। बाढीका कारण सन्तोष रोका, ज्ञानबहादुर रोका, हरिबहादुर खत्री, धनलक्ष्मी गुरागाईं र रमेश रोकाका परिवार विस्थापित भएका छन्। बाढीले घर बगाएपछि विस्थापितहरूले छिमेकीको घरमा आश्रय लिएको बताइन्छ।

News by रामेछापमा बाढीले पाँच घर बगायो :